भीम रावलसँगको वार्तापछि झनै निराश बने प्रधानमन्त्री ओली, के भने रावलले ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता लिन दिएको समय आज सकिँदैछ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई ओलीले आज बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए एमाले हुन नसक्ने बताएका थिए ।

तर नेपाल समूहको आन्तरिक बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको थियो ।ओलीले नेता नेपालसँग भेट्न खोजे पनि नेपालले भने अस्वीकार गरेका थिए ।



त्यसपछि ओलीले नेता भीम रावलसँग आइतबार बेलुका दुईघण्टा बढी छलफल गरेका थिए । सो छलफलमा रावलले भने, ‘अहिले हस्ताक्षर फिर्ता लिने भन्ने कुरै रहँदैन । सांसद पद गए जान्छ तर अहिले हस्ताक्षर फिर्ता लिने सम्भावना छैन । अदालतको फैसला नआउन्जेल केही हुँदैन ‘ ओलीले रावललाई फकाउने प्रयास सफल नभएपछि एमाले एक रहने अवस्थामा नरहेको निष्कर्षमा ओली पुगेको बालुवाटार स्रोतले जानकारी दियो ।

सम्बन्धित समाचार