माधव नेपाललाई भेटेर प्रचण्डले भने-‘ओलीले फेरि फसाउलान्, होस् गर्नुस्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन्। पार्टी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली दिन जनकपुर पुगेर फर्किएका प्रचण्ड विमानस्थलबाट सोझै नेपाल निवास कोटेश्वर पुगेका हुन्।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमले दुई नेताबीच समसायायीक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताए। एमालेभित्रको विवाद मिलाउन कार्यदल सक्रिय रहेका बेला प्रचण्ड र नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।



एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गरेको भन्दै नेता नेपाल प्रचण्डसहितको विपक्षी गठबन्धनमा आवद्ध छन्। सवोच्चबाठ आफूअनुकुल फैसला आउने नदेखिएपछि ओली नेपाललाई फकाउन उद्दत छन् । प्रचण्डले भने ओलीको आश्वासनमा परेर गठबन्धनलाई धोका नदिन आग्रह गर्न आज नेपाल निवासमा पुगेको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार