युरोकप फाइनलमा इटाली र इंग्ल्यान्ड भिड्ने

युरोकप २०२० को दुवै सेमिफाइनल खेल पुरा भएसँगै फाइनल खेलमा प्रतिद्वन्दीको टुंगो लागेको छ। अब जुलाई १२ मा इंग्ल्यान्डका लन्डनस्थित वेम्बली रंगशालामा हुने फाइनल खेलमा घरेलु टिम इंग्ल्यान्डले इटालीको सामना गर्ने भएको छ।

युरोकप इतिहासमा २५ वर्षपछि सेमिफाइनल पुगेको टिम इंग्ल्यान्ड पहिलो पटक फाइनलसम्म पुगेको हो। सुरुमा एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै इंग्ल्यान्डले डेनमार्कविरुद्ध २–१ गोलको जित निकालेको हो।



विश्वकप र युरोकपलाई समग्रमा हेर्ने हो भने इंग्ल्यान्ड ५५ वर्षपछि फाइनलमा पुगेको हो। यसअघि इंग्ल्यान्डले १९६६ को विश्वकप जितेको थियो। त्यसयता इग्ल्यान्ड फाइनसम्म पगेको छैन्। पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनलाई हराएको थियो।

फाइनल खेल सोमबार राति १२ः४५ मा सुरु हुनेछ ।

सम्बन्धित समाचार