एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु, पार्टी एकताका लागि तयार मस्यौदामाथि छलफल हुने

एमालेको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक सुरु भएको छ । विहीबार साँझ सिंहदरबारमा बैठक सुरु भएको हो ।

आजको बैठकमा एकताका लागि तयार गरिएको मस्यौदामाथि छलफल हुने तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए । छलपछि उक्त मस्यौदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पुग्ने छ ।



नेताहरूले आजको बैठकले एकताका लागि महत्वपूर्ण निर्णय गर्नसक्ने बताएका छन् । आज बिहानमात्रै सिंहदरबारमै करिब १ घण्टा कार्यदलको बैठक बसेको थियो ।

सम्बन्धित समाचार