माओवादी खारेजबारे बुझ्न निर्वाचन आयोग पुगे पूर्वमाओवादी नेताहरु

काठमाडौं । पूर्व माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिइएको निवेदनबारे बुझ्न आयोग गएका हुन् । अहिले नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा आयोग पुगेका हुन् । बुधबार पूर्वमाओवादीका नेताहरुले माओवादी खारेज गर्न माग गरेका थिए ।

‘बुधबार वकिल र दोस्रो तहका नेताहरु जानुभयो । आज हामी पहिलो तहका नेताहरु गएर आफ्नो कुरा राख्छौं,’ एक नेताले भने । नेकपा खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिदा नेकपा एमालेमा रहेका जनप्रतिनिधि कारबाहीमा परेका थिए ।



प्रतिनिधिसभाबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, राष्ट्रिय सभामा रामबहादुर थापा बादल, चन्द्रबहादुर खड्कालगायत कारबाहीमा परेका थिए ।

सम्बन्धित समाचार