नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोनाका कारण २२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार ३६२ पुगेको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल १० हजार ४१७ जनाको नमूना परीक्षण गर्दा दुई हजार १६९ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट एक हजार ३५३ र एन्टिजेन विधिबाट ८१६ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल छ हजार ५३० पीसीआर र तीन हजार ८८७ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ९७ हजार २५७ पुगेको छ।
