नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।

नेकपा एमालेको आन्तरिक विवाद समाधान कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिएपछि सहमति अलपत्र पर्ने देखिएको छ । अन्तिम सहमति गर्न आज बिहान ८ बजेका लागि तय गरिएको एकता कार्यदलको बैठक १० बजे सुरु भएपिन सहमित जुट्रने सम्भावना टरेकाे बताइन्छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका सदस्यहरु तोकिएको समयमा नै बैठकस्थल आइपुगेका थिए। तर, वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सदस्यहरु ढिलाे गरि बैठकस्थलमा पुगेका थिए । नेपाल पक्षका नेताहरु कोटेश्वरस्थित वरिष्ठ नेता नेपालको निवासमा छलफलमा व्यस्थ रहेकाेले बैठकमा ढिलाे गिर गएका थिए ।
बैठकमा नेता नेपालले असहमति जनाएकाे बुँधामा छलफल भैरहेकाे बताइन्छ ।
शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीपक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले आइतबार बिहान ८ बजे एकताको समाचार सुन्न पाउने बताएका थिए।
