नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको बैठक स्थगित भएको हो ।
कार्यदलमा छलफल जारी रहेकै बेला अध्यक्ष ओलीले बैठक बोलएका थिए । आज स्थगित भएको बैठक भोलि अपराह्न ५ बजे बोलाइएको छ ।
