सर्वोच्च पुग्यो जसपा विवाद, राजपा र समाजवादी कायम गर्न माग गर्दै रिट दायर

जनता समाजवादी पाटी (जसपा)भित्रको विवादले उग्र रूप लिएको छ । जसपाको विवाद निर्वाचन हुँदै सर्वोच्च अदालतसम्म पुगेको छ । आज तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टी एकता भएर बनेको जसपा खारेजको माग गर्दै रिट दायर भएको छ ।

दुई पार्टीबीचको एकता प्रक्रिया नै त्रुटीपूर्ण, कानुनविपरीत भएको भन्दै उत्प्रेषण आदेशबाट बदरको माग गर्दै आज रिट दायर भएको हो ।



राजपाका तत्कालीन उपाध्यक्ष राजपकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले दायर गरेको रिटमा जसपाको एकीकरण खारेज गरेर राजपा र समाजवादी पार्टी कायम गराउने परमादेश माग गरिएको छ ।

सम्बन्धित समाचार