कार्यदलको सहमतिप्रति माधव नेपालको आक्रोश, भने-‘मलाई मान्य छैन’

नेकपा एमालेका नेता माधवकुमार नेपालले गएराति भएको १० बुँदे सहमतिप्रति आफ्नो सहमति नभएको बताएका छन् ।

कार्यदलले गरेको सहमतिको प्रस्ताव आफूलाई मान्य नभएको र अदालतको फैसला प्रभावित पार्नेगरी कुनै काम नहुने बताएका छन् । उनले आफू निकट नेताहरुसँग आफ्नो सहमति नभएको बताएका थिए ।



‘त्यसमा मेरो सहमति छैन, अदालतको फैसला प्रभावित पार्नेगरी कुनै काम हुँदैन,’ उनको भनाइ उद्धृत गर्दै नेपाल निकट एक नेताले भने,’बाहिर बाहिर सहमति गरेर हुन्छ ? भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।’

सम्बन्धित समाचार