१० बुँदे सहमतिप्रति रामकुमारी झाँक्रीको यस्तो प्रतिक्रिया

नेकपा एमाले एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमितिप्रति माधवकुमार नेपाल पक्षका नेता रामकुमारी झाँक्रीले टिप्पणी गरेकी छन्। एमालेका दुई पक्ष (केपी ओली र माधव नेपाल) बीच एकताका लागि आइतबार दिनभर छलफलपछि कार्यदलले आइतबार राति १० बुँदे सहमति जुटाएको छ। तर त्यसप्रति स्वयं माधवकुमार नेपाल भने सन्तुष्ट देखिएका छैनन्।

अहिले उक्त सहमतिप्रति नेपाल पक्षका नेताकै फरक–फरक धारणा आइरहेका छन्। यसै क्रममा नेता झाँक्रीले पनि सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो असहमति व्यक्त गरेकी हुन्। उनले आफ्नो समूहका सांसदले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिइने उल्लेख गर्दै सहमतिको भ्रममा नपर्न आफ्ना नेताहरूलाई आग्रह गरेकी छन्।



यस्तो छ, उनको ४ बुँदे टिप्पणीः

१. हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे संझौताबारे संस्थागत धारणा आउने छ।

२. स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य हुदैन। बैठक जाने कुरा हुन्न।

३. अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन।

४. भ्रममा नपरौ, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनीति हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।

सम्बन्धित समाचार