देउवा प्रधानमन्त्री बन्ने भएपछि नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु

नेकपा एमालेका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ ।

बैठकका लागि नेकपा माओवादी केन्द्र, कांग्रेस, जसपाका नेताहरु नेपाल निवास पुगेका हुन् ।



सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएलगत्तै विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । सर्वोच्चले भोलि बेलुकासम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।

सम्बन्धित समाचार