जाँदाजाँदै ओलीले बालुवाटारमा बोलाए स्थायी कमिटी बैठक

अपदस्त प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट जाने तयारीमा छन्। जाँदाजाँदै ओलीले सरकारी क्वाटरमा नेकपा एमालेको स्थायी कमिटीको बैठक बोलाएका छन्।

बैठक दिउँसो १ बजे बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाए। स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठक बोलाउने तय भएको सचिव तामाङले जानकारी दिए।



एमालेभित्रको लामो किचलोका कारण अध्यक्ष ओली सरकारबाट बाहिरिन लागेका हुन्। एमाले र माओवादी तालमेलमा गत निर्वाचनमा दुई तिहाई नजिकको मत प्राप्त भएको थियो। पछि दुई पार्टीको एकता भयो। यद्यपि ओलीको मनपरीका कारण पार्टी फुट्यो। ‌ओलीले पटकपटक असंवैधानिक कदम चाले। जसका कारण ओली पदच्युत भएका हुन्।

सम्बन्धित समाचार