नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा गठबन्धनमा रहेका नेताहरुबीच छुट्टै छलफल भइरहेको छ । उनीहरुबीच अहिले छलफल जारी छ । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६(५) उल्लेख नगरी सर्वोच्चको आदेशअनुसार भन्दै विज्ञप्ति जारी गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी गराएपछि विवाद बढेको हो ।
विज्ञप्ति सच्याउनेबारेमा राष्ट्रपति कार्यालयमा छलफल गरिए पनि अहिलेसम्म नसच्चिएको एक नेताले जानकारी गराए । अहिले शीतलनिवासमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादव छुट्टै छलफलमा छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् ।
