नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलरमट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ, डिजेल तथा मट्टीतेलको प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ ।
संयुक्त ५ विद्यार्थी संगठनको आन्दोलनपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेको भएपनि विद्यार्थी संगठनको आन्दोलनले मूल्य घटाएकाले अब आन्दोलन फिर्ता हुने विश्वास लिएको जनाएको छ।
स्वाचालित मूल्य प्रणाली अनुसार निगमको आर्थिक अवस्था उकास्न मूल्य समायोजन गर्नुपर्ने बाध्यतालाई बुझ्नसमेत निगमले आग्रह गरेको छ ।