नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है! त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि?’
ट्वीटरमा भट्टराईको धारणा :
गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका/स्तर निकै कमजोररनिम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है! त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि?
