
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएकी छन् । आज दिउँसो राजदूत यान्छी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।
प्रधानमन्त्री देउवाले ट्विट गर्दै राजदूतसँग भेट भएको जानकारी दिएका छन् । भेटमा प्रधानमन्त्री देउवाले चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने बताएका थिए ।
यान्छी आजै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी छिन् । नेपाललाई भेट्न यान्छी कोटेश्वरस्थित नेपाल निवास पुगेकी थिइन् । देउवालाई भेटेलगत्तै चिनियाँ राजदूतले नेपाललाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।
यता एमालेको ओली समूहले चीनले गठबन्धनलाई सधाएको र एमाले फुटाउन अध्यादेश ल्याउने तयारी भएको आरोप लगाएको छ ।

