माधव नेपाल र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो प्रचण्ड कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेबारे दुई नेताबीच छलफल भएको बताइन्छ ।



सर्वोच्च अदालतको आदेशमा संसद पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा अन्योलमा नै छन् । तर यो गठबन्धनका नेताहरुबीच द्विपक्षीय, बहुपक्षीय छलफल भइरहेको छ ।

आजै जसपाको महन्थ ठाकुर समूहले एमाले अध्यक्ष केपी ओलीलाई भेटेरै देउवालाई विश्वासको मत नदिने प्रतिवद्धता जनाएका थिए ।

सम्बन्धित समाचार