जसपा ठाकुर समूहका चार सांसद् उपेन्द्र यादव पक्षको बैठकमा सहभागी

जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले कित्ता परिर्वतन गरेका छन् । अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् ।

पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् । ठाकुर पक्षका नेताहरुका अनुसार चारै जना शुक्रबार पार्टी कार्यालयमा भएको छलफलमा अनुपस्थित थिए ।



यससँगै ३२ सदस्यीय संसदीय दलमा दुबै पक्षको १६-१६ भएको छ । तर ठाकुर पक्षमा रहेका थप केही सांसद आउने यादव पक्षका एक नेताको दाबी छ ।

सम्बन्धित समाचार