देउवाले विश्वासको मत पाएपछि माधव नेपालले दिए यस्तो प्रतिक्रिया

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले निरङ्कुश प्रवृत्तिमा अङ्कुश लागेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै नेपाले भने, ‘ आजको प्रतिनिधिसभाको घटनाले निरङ्कुश प्रवृत्तिमा अङ्कुश लाग्यो ।’

सर्वोच्चको फैसलाको जीत भएको र व्यवस्था जोगिएको नेपालको भनाइ छ । ‘सर्वोच्चको फैसलाको जीत भएको छ । व्यवस्था पनि जोगिएको छ । पटक पटक प्रतिनिधिसभा विघटन गरियो । यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने कुरा झुट साबित भएको छ ,’ उनले भने ।



एमालेले देउवालाई विश्वासको मत नदिने निर्णय गरेपनि नेपाल समूहले विश्वासको मत दिएको थियो । आज भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । एक जना भने तटस्थ बसेका थिए ।

सम्बन्धित समाचार