नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सोमबारबाट शुरू भएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो।
एमाले केन्द्रीय कमिटीको चालू १० औं बैठक आज पनि जारी रहने एमाले सचिव शेर बहादुर तामाङले जानकारी दिए । सोमबारको बैठकमा एमालेले पार्टी आफ्ना २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो।
बैठकले आइतबार पार्टीको ह्विप नमानी प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत हाल्ने सांसदहरुलाई कारबाहीको प्रकृया अगाडि बढाउने निर्णय समेत गरेको थियो।
