जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने

जनता समाजवादी पार्टी(जसपा) महन्थ ठाकुर–राजेन्द्र महतोपक्षका पार्टीले उठाएका माग र मुद्दा सम्बोधन भए सरकारमा सहभागी हुने भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको माग-मुद्दा सम्बोधन गर्ने आश्वासन दिएपछि सरकारमा गएको बताउँदै नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूहरुका माग सम्बोधन गर्ने सुश्चित गरे मात्रै सरकारमा जाने बताए।

जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराईपक्ष सरकारमा जाने निश्चित भइसकेपनि निर्वाचन आयोगले दलको आधिकारिकता टुंगो नलगाएकाले ढिलाइ गरेका छन्।



जसपा कार्यकारिणी समितिको बैठकले रेशम चौधरीको रिहाइ, विभिन्न आन्दोलनमा लागेका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता विधेयक, संविधान संशोधनसम्बन्धी विषयमा प्रक्रिया अघि बढाउनु पर्ने माग राखेको छ।

सम्बन्धित समाचार