मन्त्री छान्न देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक केहीबेरमा बस्दै छ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्न लागेको हो।

कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने निर्णय गरेको थियो। पार्टी कार्यालय सानेपामा क्रियाशिल सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै कार्यकर्ता अनशन बसेकाले त्यहाँ बैठक राख्दा नेताहरुविरुद्ध नाराबाजी र होहल्ला हुने भएपछि कांग्रेसले सभापतिको निवासमा बैठक राखेको हो।



आजको बैठकमा क्रियाशिल सदस्यतामाथि देखिएका विवाद समाधान गर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन्। साथै सरकारमा जाने मन्त्रीहरुको टुंगो पनि आजको बैठकले लगाउने बताइन्छ ।

 

सम्बन्धित समाचार