नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो जानकारी दिएको हो ।
निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो । कोरोना महामारीका कारण रोकिएका परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई समस्या पर्ने देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
मंगलबार गृह मन्त्रालयले परीक्षा दिने विद्यार्थीका लागि लामो दूरीका सार्वजनिक यातायातलाई सहजीकरण गर्न निर्देशन दिएको थियो । सबै सवारी साधनले स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने प्रशासन कार्यलयले जनाएको छ ।
