नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि भन्दै सुझाव दिन गठन गरिएको कार्यदलको बैठक बसिरहेको छ।
बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी रहेको कार्यदलका एक सदस्यले बताए।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठन भएको कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट राजेन्द्र श्रेष्ठ सदस्य छन्।

