एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभरि आगो बल्छ : महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभरि आगो बल्ने चेतावनी दिएका छन्। शनिबार युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले आफूहरुले प्रतिरोध गर्ने बताएका हुन्।

२०७७ बैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन गर्न सहज हुने गरी जारी गरेको अध्यादेश एमालेलाई बलियो बनाउन ल्याइएको पनि उनले बताए। ‘नेकपा एमाले बलियो बनाउन हामीले अध्यादेश ल्याइरहँदा हाम्रा पार्टीका माधव नेपाल र तत्कालीन नेकपाका नेता प्रचण्डलाई उचालेर त्यो अध्यादेशलाई फेल गराउने र सदनमा अध्यादेशका विरुद्ध निकै चर्का र लोकतान्त्रिक भाषा बोल्ने कांग्रेसले अहिले अध्यादेश ल्यायो भने हामी त्यसको प्रतिरोध गर्नेछौ’, बस्नेतले भने।



उनले एमालेका २२ जना सांसदले मन्त्रीको लोभमा, ठूल्ठूला आश्वासनमा, फ्ल्याटदेखि घडेरीसम्मको लोभमा देउवालाई साथ दिएको आरोप लगाए। उनले देउवालाई भोट हाल्न अदालतले ह्वीप नलाग्ने फैसला सुनाएको बताउँदै अब मन्त्री कसरी खानुहुन्छरु भन्दै प्रश्न गरे।

सम्बन्धित समाचार