नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।

नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले शपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
संविधानतः राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने व्यवस्था रहेकोले सपथ समारोह शीतल निवासमा नभएर सिंहदरबारमा राखिएको हो । शपथ समारोहमा देउवा मन्त्रिमण्डलका सदस्यहरू उपस्थित थिए ।
प्रधानमन्त्री देउवाले श्रेष्ठलाई आज स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए । भने हाल प्रधानमन्त्रीले आफैं राखेका छन् ।
