कांग्रेसको पौडेल पक्षका नेताहरुको बैठकले निकाल्यो यस्तो निष्कर्ष

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले कुनै पनि हालतमा महाधिवेशनको मिति सार्न नहुने निष्कर्ष निकालेका छन् । महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको वरिष्ठ नेता पौडेल पक्षका नेताहरुको बैठकले क्रियाशील सदस्यता छानविनको काम छिटो भन्दा छिटो सकेर तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

कोरोना महामारीलाई देखाउँदै सो अवधिलाई शुन्य समय मानेर केही समय महाधिवेशन सार्ने प्रयत्न भइरहेकाले त्यस्तो हुन नसक्ने कांग्रेस नेता अर्जुन नरसिंह केसीले बताए । उनले स्थगित भएको वडा कमिटीको अधिवेशन पनि छिटो हुनुपर्ने बताए ।



कांग्रेस क्रियाशील सदस्यता विवादले वडा तहको अधिवशेन स्थगित भइसकेको छ । भदौमा हुने महाधिवेशन पनि समयमै हुनेमा शंका उत्पन्न भएको छ ।

सम्बन्धित समाचार