प्रचण्ड निवास पुगे रामचन्द्र पौडेल, सीताको अवस्थाबारे लिए जानकारी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका छन्। सोमबार बिहान पौडेल खुमलटार आइपुगेको प्रचण्डको सचिवालयले जनाएको हो।

पौडेलले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको गंगा दाहालले जनाएकी छिन्। पछिल्लो समय कांग्रेसले सरकारको नेतृत्व लिएपछि कांग्रेस नेताहरु खुमलटार पुग्न थालेका हुन्।



यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड निवास पुगेका थिए। पौडेल र प्रचण्डबीच समसामायीक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बुझिएको छ ।

सम्बन्धित समाचार