जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जाजरकोट बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग १ ज ४९५५ नम्बरको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने चारजना घाइते भएका छन् ।

दुर्घटनामा बारेकोट गाउँपालिका–८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै दुर्घटनमा परि घाइते हुनेहरूमा बारेकोट गाउँपालिका–८ की २५ वर्षीया समीक्षा सिंह, २३ वर्षीय दीपक खत्री, २६ वर्षीय बलबहादुर खत्री र नलगाड नगरपालिका–५ का १८ वर्षीय मिलन शाही रहेका छन् । उनीहरूलाई थप उपचारका लागि स्वास्थ्य संस्था दल्ली ल्याइएको प्रहरीले जनाएको छ ।



दुर्घटना पछि जिप चालक बारेकोट–८ का राजु सिंह फरार रहेको प्रहरीले जनाएको छ । जिप नलगाड नदीमा खसेको छ ।

सम्बन्धित समाचार