भारत पहिलो टी-२० मा विजयी, श्रीलंका ३८ रनले पराजित

श्रीलंका भ्रमणमा रहेको भारतले पहिलो टी-२० मा घरेलु टोली श्रीलंकालाई पराजित गरेको छ । आइतबार भएको खेलमा भारत ३८ रनले विजयी भएको हो।

श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनाएको थियो । उसका लागि सूर्यकुमार यादवले ५० रनको अर्धाशतकीय पारी खेले भने कप्तान शिखर धवनले ४६ रन बनाए । त्यस्तै सन्जु सामसनले २७ रन जोडे भने इशान किशनले २० रनमा अविजित रहे । श्रीलंकाका लागि दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले समान २-२ विकेट लिए ।



१६५ रनको लक्ष्य लिएर मैदान उत्रेको श्रीलंकाले १८.३ ओभरमा अलआउट हुँदै १२६ रन मात्र बनाउन सक्यो । उसका लागि चारिथ असलंकाले ४४ रन बनाए भने अभिष्का फर्नान्डोले २६ र दसुन शनकाले १६ रन जोड्नु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिए भने दिपक चाहरको नाममा २ विकेट रह्यो ।

जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।

सम्बन्धित समाचार