नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ साउन
जापानमा जारी टोकियो ओलम्पिक २०२० मा बेलायतले पहिलो स्वर्ण पदक जितेको छ । बेलायती पौडीवाज एडम पिटीले देशका लागि पहिलो स्वर्ण दिलाएका हुन् ।
पिटीले सोमबार बिहान पुरुष १०० मिटर ब्याकस्ट्रोकमा ५७.३७ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारेका हुन् । योसँगै उनी बेलायतका लागि लगातार दुई ओलम्पिक स्वर्ण दिलाउने पहिलो पौडीवाज पनि बन्न सफल भएका छन् ।
यसअघि सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिकमा पनि उनले यही स्पर्धामा स्वर्ण हात पारेका थिए । यस स्पर्धामा नेदरल्यान्डका अर्नो कामिन्गाले रजत र इटालीका निकोलो मार्टिनइन्गीले कास्य पदक जितेका छन्।