उपेन्द्र यादव समूहले पायो जसपाको आधिकारिकता, ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुपर्ने

जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ। निर्वाचन आयोगमा भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव समूहलाई आधिकारिकता दिएको हो। निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग बोलाएको थियो।

अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा १६ जना मात्रै उभिए भने यादव समूहको पक्षमा ३४ जनाले सनाखत गरेका थिए। निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका थिए। आधिकारिकता प्राप्त गरेपछि पार्टीबाट विभाजन नभएर केही व्यक्ति निस्केको नेता महेन्द्र राय यादवले बताए। उनले भने, ‘हामीले ४ जनालाई यसअघि नै कारबाही गरिसकेका छौँ। त्यहीअनुसार पार्टी अगाडि बढ्छ।’



ठाकुर पक्षले नयाँ दल दर्ता गर्न आएमा छुट्टै राजनीतिक दलका रुपमा मान्यता दिने ठहर गरेको छ । तर, उपेन्द्र यादव पक्षमा नरहेका सांसदले जसपा छाडेमा उनीहरुलाई कारबाही गर्न राजनीतिक दल सम्बन्धी ऐन आकिर्षत हुने, नहुने बारे भने फैसला मौन छ । आयोगले अन्य कुरामा आफूहरुको धेरै भूमिका नहुने उल्लेख गरेको छ।

सम्बन्धित समाचार