मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

मुक्तिनाथ विकास बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरूलाई लाभदायी र बचत खाताहरूमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्वृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको जनाएको छ ।

ग्राहकहरूले मात्र रु १०० को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्वृद्धि बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.२५% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निःशुल्क मोबाईल बैंकिङ्ग तथा निःशुल्क इन्टरनेट बैंकिङ्गको सेवासमेत प्रदान गर्ने छ । यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरूलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।



साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिजा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको पनि बैंकले जनाएको छ । त्यसै गरी मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामैं रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार