नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बिहान बस्दै छ। बिहान १० बजे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको हो। आजको बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने एक नेताले बताए। आजको बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ।
बैठकले तल्लो संरचनाको अधिवेशनको नयाँ मितिबारे निर्णय गर्ने बताइएको छ। यसअगाडि मंगलबारदेखि सुरु हुने भनिएको तल्लो तहको अधिवेशन स्थगित गरिएको थियो। बैठकले नयाँ मितिको टुंगो लगाउने छ। यस्तै, शीर्ष तहमा भएको सहमति अनुसार केन्द्रीय समितिले उक्त निर्णयको अनुमोदन गर्नेछ।
यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारीसमेत गरेको छ। यता सरकारमा सहभागी हुने नयाँ मन्त्रीबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ ।
