नवकान्तिपुर संवाददाता
काठमाडौं, साउन १२।
वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज अष्ट्रेलियाले आफ्नो पक्षमा पारेको छ । सोमबार भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो ।
वेस्ट इन्डिजको ब्रिजटाउनमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४५.१ ओभरमा सबै विकेट गुमाउदै दै १५२ रनमा समेटियो । उसका लागि डरेन ब्राभोले १८ रन बनाए भने अल्जारी जोसेपले १५ रन बनाए । त्यसतै शाइ होपले १४ र कप्तान केइरन पोलार्डले ११ रन जोड्नु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन ।
अष्ट्रेलियाको लागि मिचेल स्टार्कले ३ विकेट लिए भने जोस हाजलउड,,एस्टन अगर र एडम जाम्पाको भागमा समान २-२ विकेट रह्यो । १५३ रनको लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलियाले ३०.३ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । उसको लागि म्याथ्यु वेडले ५१ रनको अर्धशतकीय पारी खेले भने कप्तान एलेक्स केरीले ३५ रन बनाए । त्यस्तै मिचेल मार्शले २९ रन जोड्दा एस्टन अगर १९ रनमा अविजित रहे । वेस्ट इन्डिजको लागि शेल्ड्रोन कोट्रेल, अकिल हुसेन र हेडेन वेल्सले समान १-१ विकेट लिए ।
खेलको म्यान अफ दि म्याच एस्टन अगर भए भने प्ल्येर अफ दि सिरिज मिचेल स्टार्क चुनिए ।