माओवादीले प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने

गण्डकी प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्ति गर्न नेकपा माओवादी केन्द्रले सिफारिस गरेको छ ।

आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी प्रदेशको प्रमुख बनाउन सिफारिस गर्ने निर्णय गरेको एक नेताले बताए । यसअघि केपी ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।



सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारी गरेको छ ।

सम्बन्धित समाचार