नवकान्तिपुर संवाददाता
काठमाडौं, साउन १३।
टोकियो ओलम्पिक २०२० मा आज नेपाली पौडीवाज गौरिका सिंहले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्दैछिन् । उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे हुनेछ ।
उक्त प्रतिस्पर्धामा ५२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् र शीर्ष १६ स्थानमा रहने खेलाडी हिट चरणबाट दोस्रो चरणमा छनोट हुनेछन् । उनले ओलम्पिकमा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य राखेकी छिन् । यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।