नवकान्तिपुर संवाददाता
काठमाडौं, साउन १३।

मन्त्रिपरिषद् विस्तारको विषयबारे छलफल गर्न बसेको सत्तापक्षीय गठबन्धनको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको छ । करिव एक घण्टा चलेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला सहभागी थिए ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ , जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायतको सहभागीता रहेको थियो ।
