नवकान्तिपुर संवाददाता
काठमाडौं
अमेरिकामा बिहीबार ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम केन्द्र बनाएर गएको भूकम्प १० किलोमिटरको गहिराइमा गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्प स्थानीय समयानुसार दिउँसो २.१५ गएको हो । भूकम्पपछि अमेरिका राज्यको दक्षिण भागमा सुनामीको चेतावनी दिएको छ ।