नेपालमा ३ हजार ३६५ कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १४ हजार २४२ जनाको परीक्षणबाट नौ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३३५ र चार हजार ६८७ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ३० जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार ३७३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको छ । हाल नेपालमा क्वारिन्टिनमा ३७९ र आइसोलेसनमा ३० हजार ३९० जना रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३८० जना पुगेको छ ।

सम्बन्धित समाचार