नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।

दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएसँगै आगामी रणनीति तयार पार्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्दै छ। आज अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बैठकमा कोरोना संक्रमण रोकथामको उपायबारे छलफल हुने जनाइएको छ।
बैठकमा कोरोनाको वर्तमान अवस्था तथा रोकथामका लागि चाल्नुपर्ने सम्भावित कदमबारे छलफल हुने जनाइएको छ। कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर भरिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमणदर उकालो लागेपछि देशका विभिन्न जिल्लामा पुन निषेधाज्ञा जारी गर्न थालिएको छ । विज्ञहरुले पनि सीसीएमसीलाई केही समय कडा निषेधाज्ञा गर्न सुझाव दिएको बताइन्छ ।
