पूर्व माओवादी नेताको रिटमा आज आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुँदै

माओवादीका पूर्वसांसदले पुर्नवहालीको माग गर्दै दायर रिट निवेदनमाथिको सर्वोच्चमा आज सुनुवाइ हुँदैछ । विहीबार हेर्न नभ्याइनेमा परेको रिटको सुनुवाइ अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । चारै जनाको निवेदनको पेसी पाँचौं, छैटौं, सातौं र आठौं नम्बरमा छ ।

नेकपा एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहले आफूहरू नेकपा माओवादी केन्द्रमै रहेकाले सांसद पदमा पुनःवहाली गर्न माग गर्दै १३ साउनमा रिट दर्ता गरेका थिए । चारैजना पूर्व सांसदले यसअघि माओवादीविरुद्ध निर्वाचन आयोग पनि निवेदन दिएका थिए ।



माओवादीको वैधानिकता सकिएको भन्दै पार्टीको दर्ता खारेज गर्न माग गरिएको निवेदन आयोगले अस्वीकार गरेपछि उनीहरु सर्वोच्च अदालत पुगेका हुन ।

सम्बन्धित समाचार