लिभरपुल हेर्था बर्लिनसँग पराजित

प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेल अन्तर्गत बिहीबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुल पराजित भएको छ । गए राति भएको खेलमा जर्मन क्लब हेर्था बर्लिनले लिभरपुललाई ४-३ ले पराजित गरेको हो ।

खेलको २१ औं मिनेटमा हेर्थाका लागि सान्टियागो अस्कासिबरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३१ औं मिनेटमा साउट सेरडरले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । तर, खेलको ३७ औं मिनेटमा लिभरपुलका लागि साडियो मानेले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।



यस्तै खेलको ४२ औं मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई २-२ को बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६६ औं मिनेटमा स्टेभन जोभिटिचले गोल गर्दै हेर्थालाई ३-२ को अग्रता दिलाए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा जोभिटिचले खेलको ८० औं मिनेटमा गोल गरेपछि हेर्था ४-२ ले अघि रह्यो ।

त्यसैगरी खेलको ८८ औं मिनेटमा लिभरपुलका एलेक्स च्याम्बर्लिनले गोल गर्दै खेललाई ४-३ को स्थितिमा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल भएन र खेल जर्मन क्लब हेर्था बर्लिनले ४-३ ले जित्यो ।

 

सम्बन्धित समाचार