जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

लुम्बिनी प्रदेशसभामा सहभागी जनता समाजवादी पार्टी (जसपा)का तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् ।

पदमुक्त हुने मन्त्रीहरुमा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय रहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। पदमुक्त भएका सांसदहरु शंकर पोखरेलको नेतृत्वमा बनेको सरकारमा मन्त्री भएका थिए।



यस अघि उपेन्द्र यादव पक्षले ११ वैशाखमा कारवाही गरेपछि यी तीनै जना पदमुक्त भएका थिए । तर सर्वोच्च अदालतले ३ जेठमा उनीहरुको पक्षमा फैसला सुनाएपछि उनीहरुको पुनर्बहाली भएको थियो । जसपाका ६ जना सांसद रहेको लुम्बिनी प्रदेशमा तीन जना एमालेको सरकारलाई समर्थन गर्दै मन्त्री बनेका थिए भने ३ जना विपक्षी गठबन्धन दलतिर लागेका थिए ।

पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको प्रदेशसभा सचिवालयको पत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार