गत २४ घण्टामा ३ हजार ६११ संक्रमित थपिए, २७ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १४ हजार ६६१ जनाको परीक्षणबाट नौ हजार ७७३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४६७ र चार हजार ८७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार १४४ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार ८१६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ५२ हजार २६१ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ । हाल नेपालमा २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ६८६ जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ ।

सम्बन्धित समाचार