नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ साउन ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पुनः आपसी छलफलमा जुटेका छन्।
तीन नेताहरु सिंहनिवास चाक्सीबारीमा छलफलमा जुटेका हुन्। छलफल मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस महाधिवेशनका विषयमा केन्द्रित रहेको बताइएको छ।
आगामी महाधिवेशनमा तीनै जना नेता सभापतिका आकांक्षी हुन्। उनीहरु सभापतिमा साझा उम्मेदवार लिएर जाने तयारीमा लागेका छन्।
