नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।

अर्थ सचिव शिशिर ढुंगानालाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै सरकारले मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको स्रोतले जनाएको छ ।
