नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १० दिन पछि सरेको छ । आज(आइतबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समितिको बैठक १० दिन पछि सार्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले साउन २० गतेदेखि बस्ने भनिएको बैठक साउन ३० गतेका लागि सारिएको बताए । त्यस्तै बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको श्रेष्ठले जानकारी दिए ।
