नेपालमा २ हजार ५६८ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६३६ जनाको परीक्षणबाट आठ हजार ४०२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९८१ र चार हजार २३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार २० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ५६ हजार १९७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ रहेको छ । हाल नेपालमा २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।

सम्बन्धित समाचार